Logo
Logo

एसीसी प्रिमियर कपमा आज दुई खेल हुँदै


567
Shares

काठमाडौं । एसीसी प्रिमियर कपमा आज दुई खेल हुँदैछ । दुबै खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

मुलपानी मैदानमा हुने खेलमा समूह ए का मलेसिया र साउदी अरेवियाबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको मलेसिया दोस्रो खेलमा खेल्दैछ । साउदी भने प्रतियोगिताको पहिलो खेल खेल्दैछ ।

यस समूहमा २ अङ्कका साथ नेपाल शीर्ष स्थान र समान २ अङ्क नै भएको ओमान दोस्रो स्थानमा रहेको छ । टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह बी का सिंगापुर र बहराइनबीच खेल हुदैछ ।

समूह बी मा २ अङ्कका साथ युएई शीर्ष स्थानमा रहेको छ । युएईसँग समान २ अङ्क नै भएको हङकङ दोस्रो स्थानमा रहेको छ । आज हुने दुवै खेल बिहान ९ बजे सुरु हुनेछ ।

वैशाख १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्