Logo
Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : थप १० जनाले दिए जाहेरी


378
Shares

काठमाडौं । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा ठगि गरिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा पुगेका छन् ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार नागरिकलाई फसाएर पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भन्दै अहिलेसम्म १० जना प्रहरीको सम्पर्कमा पुगेका हुन् ।

उनीहरुले १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरिसकेको छ ।

उनीहरुलाई थप कारबाहीका लागि कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित बुधबार नै प्रहरी परिसर टेकुमा बुझाइएको छ ।

उनीहरुको मिलेमतोमा २०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाका नागरिकलाई करोडौँ रकम ठगेका पाइएको प्रहरीले जनाएको छ ।

यसरी ठगीमा ८१ जना परेका छन् । अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ । पीडितहरुले फारम भर्न मात्रै १५ देखि २० लाख तिरेको तथ्य प्रहरीले फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्