Logo
Logo

राहुल गान्धीको पुनरावेदन खारेज



एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले दुई वर्ष जेल सजायविरुद्ध दिएको पुनरावेदन खारेज भएको छ ।

आफुलाई सुरत अदालतले सुनाएको दुई वर्ष जेल सजायविरूद्ध राहुलले दिएको पुनरावेदन गुजरातको सुरत अदालतले बिहीबार खारेज गरिदिएको हो ।

एक महिनाअघि सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए।

एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्ने अभिव्यक्ति दिएका थिए।

सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको थियो भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको थियो ।

उच्च अदालतले उनको पुनरावेदन खारेज गरिदिएपछि गान्धीलाई धक्का लागेको छ । अदालतले दुई वर्षको जेल सजाय सुनाएसँगै लोकसभा सचिवालयले उनको सांसद पद पनि निलम्बन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्