
काठमाडौं । नेपाल वायुसेवा निगमले एक वर्षको अवधिमा करिब ३ अर्ब रुपैयाँ सावाँ–ब्याज भुक्तानी गरेको छ ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज किन्न लिएको ऋण (२ अर्ब ९४ करोड २८ लाख रुपैयाँ) सावाँ ब्याज भुक्तानी गरेको हो ।
निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले०७९ असारमा १ अर्ब ३५ कारेड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ गरी २ अर्ब ९४ करोड २८ लाख ६४ हजार ८४४ रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको छ ।
त्यस्तै कोरोना महामारीका बेला व्यापारमा प्रतिकूल असर परेको भन्दै निगमले कोरानाकालको ब्याज, हर्जाना र पेनल छुट गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा किस्ताको सङ्ख्या बढाइ ऋण भुक्तानीलाई सहजीकरण गरिदिन पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई आग्रह गरिएको छ ।











