
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ- १ मा उम्मेदवार रहेका डा.स्वर्णिम वाग्लेका बुबाआमाले चढ्दै आएको गाडी तोड्फोड भएको छ ।
बिहीबार बेलुका साढे ८ बजे कारलाई दमौली बजारमा रहेको मालपोत कार्यालय अगाडि सन्तोष होटलमा पार्किङ गरेर राखेको कार तोडफोड भएको अवस्थामा भेटिएको हो ।
होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको बायाँ भागमा क्षति पुगेको जनाईएको छ । कारको सिसा तोड्फोड भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कार मालिक भने दीलकमारी खनाल भएको प्रहरीले जनाएको छ ।











