Logo
Logo

मौन अवधिमा के-के गर्न पाइदैन ?


378
Shares

काठमााडैं । आइतबार हुन लागेको उपनिर्वाचनका लागि गएरातीदेखि मौन अवधि सुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू भएको हो ।

मतदान सुरू हुनुभन्दा ४८ घन्टाअघिदेखि मौन अवधि सुरू हुने व्यवस्था अनुसार निर्वाचन आयोगले गएराती १२ बजेदेखि मौन अवधि लागु गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले प्रचारप्रसार निषेधको अवधि लागू गरेको हो ।

आयोगका अनुसार निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ ।

यस्तै, निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न/नगराउन पनि आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्