Logo
Logo

‘जनप्रतिनिधिको भूमिका प्रभावकारी हुन नसक्दा एमालेकाे जनमत घटिरहेको छ’


441
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनका लागि योजनाबद्ध पहल गर्ने बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको मिसन ग्रासरुस अनुभव र सिकाइ बिषयक अन्तक्रिया कार्यक्रममा पोखरेलले पार्टीभित्रको एकता कमजोर हुँदा एमालेको जनमत खण्डित भएकाले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनका लागि योजनाबद्ध पहल गर्ने बताएका हुन् ।

अहिलको चुनाव प्रणालीभित्र बहुमत सम्भव नभएको भन्ने कुरा गरिरहँदा ४० प्रतिशत मत हासिल गर्न सकिए समानुपातितर्फ थ्रेसहोल्डका कारण ४५ प्रतिशत एमालेले रिट प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

पोखरेलले एमालेका जनप्रतिनिधिको भूमिका प्रभावकारी हुन नसक्दा एमालेले जितेका स्थानमा पनि जनमत घटिरहेको देखिएकाले अब जनप्रतिनिधीहरुको भूमिकालाई प्रभावकारी बनाउन ध्यान केन्द्रीत गर्ने जिकिर गरे ।

त्यस्तै, उनले आधारभूत आवश्यकता पूरा भएका जमातलाई प्रमुख पार्टीविरुद्ध भड्काउने प्रबृतिका कारण बैंकल्पिक भन्नेहरुले स्थान पाएको धारणा राखे ।

पोखरेलले आगामी निर्वाचनमा एमालेको एकल बहुमतले सरकार बनाउने उदेश्यका साथ पार्टीलाई बलियो बनाउँदै अघि बढाउन मिसन ग्रासरुस प्रभावकारी हुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्