Logo
Logo

आर्थिक समस्या छिट्टै समाधान हुन्छ : अध्यक्ष ढकाल


693
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधानका लागि सरकार तथा निजी क्षेत्र दुवैले पहिलो प्राथमिकतामा राखेकाले छिट्टै समाधान हुने बताएका छन् ।

नुवाकोट उद्योग वाणिज्य संघको १८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थमन्त्री र गभर्नरसँग भेटेर समस्या समाधानका लागि आग्रह गरिसकेको बताए ।

‘मैले हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभामा अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै गर्दा मेरो केही प्राथमिकताहरु उल्लेख गरेको थिए । त्यसमध्ये वर्तमान आर्थिक समस्याका समाधान उच्च प्राथमिकतामा रहेको छ’, उनले भने, ‘यसबारेमा हाम्रो नयाँ कार्यसमितिले अर्थमन्त्रीज्यू, नेपाल राष्ट्र बैंकका गभर्नरज्यूलाई भेटेर यसको समाधानका उपाय बारेमा छलफल गरिसकेका छौँ । आज मात्रै पनि प्रधानमन्त्रीज्यूसँग यस बारेमा थप छलफल गर्ने कार्यक्रम तय भएको छ ।’

नेपाल सरकार र नेपाल राष्ट्र बैंक वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएको भन्दै उनले अर्थमन्त्रीज्यू र गभर्नरज्यूले यसको समाधान गर्ने आश्वासन पनि दिएको बताए । यसको समाधानको उपाय छिट्टै आउने उनको विश्वास छ ।

ढकालले नुवाकोट जिल्ला संघीय राजधानीदेखि नजिक रहेको बताउँदै यहाँ कृषि, पर्यटन र जलस्रोतलगायत धेरै क्षेत्रकोे सम्भावना रहेको बताए। उनले यहाँका सम्भावित क्षेत्रमा आयोजनाहरु पहिचान गर्न सके त्यसमा पुँजी र प्रविधिको अभाव नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्