Logo
Logo

बारा- २ उपनिर्वाचन : जनमतले सुर्य चिन्ह नभएको नमुना मतपत्र बाँडेको एमालेको आरोप


1.3k
Shares

बारा । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले मौन अवधिमा निर्वाचन आचारसंहिता वितपरित सूर्य चिन्ह बिनाको नमुना मतपत्र बाढेको पाइएपछि नेकपा एमालेले निर्वाचन अधिकृतको कार्यालय कलैयामा उजुरी दिएको छ ।

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलका प्रतिनिधि मनोज पौडेलेले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले आफ्नो पार्टीको चुनाव चिन्ह सूर्य नभएको नमुना मतपत्र मतदाताको घरघरमा बाढेको पाइएपछि उम्मेदवार कुशवाहा माथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन ।

एमालेले कुशवाहाका कार्यकर्ताहरुले वितरण गरेको नक्कली नमुना मतपत्रसहित उल्लेख गरेर उजुरी गरेका हुन । कुशवाहाले सूर्य चिन्ह नभएको मतपत्र बाढेर मतदातालाई भ्रमित पार्न खोजिएको भन्दै पौडेलले कारबाहीको माग गरिएको बताए ।

उनका अनुसार चुनाव प्रचारको मौन अवधि सुरु भएपछि जनमत पार्टीका कार्यकर्ताहरुले हिजो-शनिबार) विभिन्न पालिकामा सूर्य चिन्ह नभएको नक्कली नमुना मतपत्र छापेर बाडेका थिए ।

त्यसमाथी, एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले आफूलाई समर्थन गरेको भन्दै कुशवाहाले एमालेको चुनाव चिन्ह नभएको नक्कली नमुना पतपत्र बाढेको खुल्न आएको एमालेले जनाएको छ । कुशवाहाले यसअघि पनि एमालेका उम्मेदवार पौडेलले आफूलाई समर्थन गरेको भन्दै भ्रमपूर्ण प्रचार गराएका थिए ।

निर्वाचनमा पराजित हुने देखेपछि जनमतका कार्यकर्ता र उम्मेदवार कुशवाहाले निर्वाचतलाई प्रभावित पार्न भ्रमको खेति थालेको र यसबाट बिचलित नभइ सूर्य चिन्हमा मतदान गर्न मतदातसंग एमालेले मतदातासंग आग्रह गरेको उम्मेदवार पौडेलले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले जनमत पार्टीका उम्मेदवार र कार्यकर्ताबाट भएको आचारसंहिता विपरितको कार्य बारे परेको उजुरीमाथि छानविन गरी कारबाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्