
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ।
आर्थिक वर्ष २०८०-८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्राडा आरपी विछा र प्रभु बुढाथोकीलाई सदस्य नियुक्त गरेको हो।
नवनियुक्त सदस्यहरूमध्ये पौडेल र विछाले शुक्रवार नै शपथ ग्रहण गरिसकेका छन् भने बुढाथोकी काठमाडौंबाहिर रहेकाले शपथ लिन बाँकी छ।
सरकारले राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठ तथा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई यसअघि नै सदस्य नियुक्त गरेको थियो । राष्ट्रिय योजना आयोगको अध्यक्षता प्रधानमन्त्रीले गर्छन् ।
शुक्रबार थप तीन सदस्य नियुक्त भएसँगै राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।











