Logo
Logo

उपनिर्वाचन : मौन अवधिको शुक्ष्म निगरानीमा आयोग


567
Shares

काठमाडौं । निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि (प्रचार प्रसार निषेध) लागु गरिएको छ ।

तीन वटा जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि लागु गरिएको मौन अवधीको पालना उत्साहजनक देखिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आचारसंहिता पालनाको कडाइका निम्ति खुला र गोप्य दुवैखाले निगरानीका संयन्त्र परिचालन गरिएको छ ।

तनहुँ, चितवन र बारा जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा आइतवार मतदान हुँदैछन् । आयोगले विगतको आमचुनावमा आचारसंहिता उल्लङ्घनका धेरै उजुरीहरू आउने गरे तापनि यस उपचुनावमा खासै गुनासाहरू नआएको जनाएको छ।

अधिकारीहरूका अनुसार आयोगले आम चुनावमा जस्तै उपचुनावमा पनि गोप्य अनुगमनको नीति अवलम्बन गर्ने निर्णय गरेको छ। ‘आयोगले गतिविधिहरू सूक्ष्म रूपमा निगरानी गर्न गोप्य रूपमा पनि टोलीहरू खटाएको छ। रात्रि गस्तीहरू परिचालित गरेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

शनिवार बिहानसम्म आचारसंहिता उल्लङ्घन भएको कुनैपनि सूचना प्राप्त नगरेको प्रवक्ता शर्माले बताए । मौन अवधिको समयमा गम्भीर किसिमका आचारसंहिता उल्लङ्घन भएको अवस्थामा उम्मेदवारी नै खारेज गर्नेसम्मको अधिकार निर्वाचन आयोगले पाएको आयोगका उपन्यायाधीवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

मौन अवधिमा कुनै सभा, जुलुस, र्‍याली, घरदैलो वा विद्युतीय माध्यमबाट समेत प्रचार प्रसार र भोट माग्न नपाइने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्