Logo
Logo

तत्काल कसैसँग पार्टी एकता गर्ने सम्भावना छैन : खनाल


1.4k
Shares

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने सम्भावना नरहेको बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा आज बिहान पत्रकारसँगको कुराकानी गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले अन्य दलहरुसँग मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको बताएका हुन् ।

यद्यपि वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको पनि उनले बताए । उनले देशका विभिन्न क्षेत्रहरु जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्