Logo
Logo

कम्युनिष्ट पार्टीहरु एकजुट हुन आवश्यक : अध्यक्ष नेपाल


1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीहरु एकजुट हुन हुन्पर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट पार्टीहरुबीच गहन छलफल आवश्यकता भएको बताएका हुन् ।

कम्युनिष्ट पार्टीहरु एक हुन नसक्नु दुःखद् भएको बताउँदै अध्यक्ष नेपालले भने, ‘कम्युनिष्ट पार्टीहरु यति धेरै छन् भने तिनिहरु किन मिल्न सक्दैनन् ? बसेर छलफल गर्न सक्दैनन् ? विषयहरुको बारेमा गहन विश्लेषण गदैनन् ? आफ्ना कमिकजोरी खोजेर सुधार गर्न सक्दैनन् ? आपसमा एकता गर्न सक्दैन भने सिंगो देशलाई कसरी एकता गर्लान् ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई इंगित गर्दै उनले कम्युनिष्ट पार्टी भ्रष्ट, व्यक्तिवादी र सत्तामा पुगिसकेपछि अहंकारको प्रवृत्ति बढ्ने गरेको र अरुलाई अपमान गर्ने गरेको टिप्पणी गरे ।

‘हामी अलग–अलग बस्दा शक्ति छरिएको हुन्छ । त्यसले गर्दा प्रतिक्रियावादीहरुले अवसर पाउँछ । त्यसकारण हामी मिल्नुपर्छ’ अध्यक्ष नेपालले भने, ‘एकैठाउँमा आउनुपर्छ । हामीले सोचिरहेका छन् । देश र जनताको साझा बिषयमा सहकार्य गर्दै जाँदा एउटा मोर्चा बनाऔं । मोर्चा बनाएर देशमा एउटा तरंग पैदा गरौँ ।’

प्रतिक्रिया दिनुहोस्