Logo
Logo

तनहुँको उपनिर्वाचन हुने क्षेत्रमा आइतबार अत्यावश्यक गाडीमात्र चल्न दिइने


819
Shares

तनहुँ । उपनिर्वाचनका कारण आइतबार तनहुँको निर्वाचन क्षेत्र नम्बर १ मा अन्तर्गत पर्ने पृथ्वी राजमार्गमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनको पुलदेखि दमौलीस्थित मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडकखण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेक गाडी मात्र चल्न दिइने तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार आइतबार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन, परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मी र सूचना विभागको परिचयपत्र बोकेका पत्रकार चढेको गाडी मात्र चलाउन पाइनेछ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले शनिबार एक सूचना जारी गर्दै पृथ्वी राजमार्ग हुँदै चल्ने रात्रीबसलाई आइतबार बिहान ४ बजेभित्र तनहुँ–१ को सडक पार गरिसक्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्