काठमाडौं । नेकपा एकीकृत समाजवादी परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमबाट न्यौपाने एमाले प्रवेश गरेका हुन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रम उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । न्यौपानेले गत चैत २५ गते एकीकृत समाजवादी परित्याग गरेका थिए । पार्टी परित्याग गर्दैगर्दा न्यौपानेले एकीकृत समाजवादी पार्टीको सदस्य हुनुभन्दा देशको असल नागरिक भएर बस्ने उचित हुने बताएका थिए ।











