Logo
Logo

बारामा उपेन्द्र र रमेशले आफैँलाई भाेट हाल्न नपाउने


1.4k
Shares

बारा । बारा- २ मा आज भइरहेको उपनिर्वाचनका मुख्य प्रतिस्पर्धी मनिने दुई उम्मेदवारले आफैँलाई मतदान गर्न नपाउने भएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन् ।

जसपा नेपालका यादवको मोरङमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन् ।

तर, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्