Logo
Logo

दुर्घटनामा परेका कीर्तिपुर-४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु


5k
Shares

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ । सवारी दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उपमेयर शुभलक्ष्मी शाक्यका अनुसार उनलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेको हो । उनी बैशाख १ गते कीर्तिपुर–४ पुष्पलाल पार्कस्थित ओरालोमा मोटरसाइकल दुर्घटनामा परेका थिए ।

कीर्तिपुरको चम्पादेवी मन्दिरमा वैशाख १ गते मेला भरेर फर्कनेक्रममा उनी चढेको बा८३प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । उपमेयर शुभलक्ष्मी शाक्यका अनुसार अध्यक्ष अधिकारीको शवको पोष्टमार्टम गर्न टिचिङ अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्