Logo
Logo

सबै नेता पालैपालो जेल जान्छन् : विप्लव


2.6k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताएका छन् ।

आइतबार शिक्षा पत्रकार समूहले गरेको शिक्षा बहस कार्यक्रममा विप्लवले भ्रष्टाचार छानबिन गर्ने हो भने समकालीन सबै नेता जेल जाने दाबी समेत गरे । ‘मैले आरोप लगाएको होइन नेपालका मान्छेहरु यदि छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो । उसले उसलाई लगाउँछ, उसले उसलाई लगाउँछ उहाँहरु (नेताहरु) को कुरा हो । तर सबैलाई अर्ब भन्दा कमको चार्ज छैन नि । अहिले सरकारमा भएका हुन् या बाहिर बसेका हुन् । त्यो साँचो कुरा हो’, उनले भने ।

०६४/०६५ पछि राजनीतिमा विकृति देखिएको भन्दै उनले विद्यार्थी संगठनको अध्यक्ष बन्ने चाहने नेताले काठमाडौंमा घरको सपना देख्ने बताए । ‘त्यो विद्यार्थीहरुको दोष होइन पार्टीको दोष हो । विद्यार्थीहरुले त सिक्ने हो । नकारात्मक पनि सिक्ने हो । सकारात्मक पनि सिक्ने हो । सकारात्मक सिकेर बलिदानीतिर गएको भए त्यसरी नै विद्यार्थीहरु तयार हुन्थे’ विप्लवले भने ।

प्रतिक्रिया दिनुहोस्