चितवन । चितवन–२ को मतगणना आजै रातिदेखि सुरु गर्ने तयारी भएको छ । सहायक मतदान अधिकृत ईश्वर आचार्य अनुसार राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने भएको हो ।

आइतबार सम्पन्न उपनिर्वाचनमा चितवन २ मा निर्धारित समयमा ६१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । चितवनमा कुल १ लाख २४ हजार ६९५ मतदाताका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र निर्धारण गरिएको थियो ।
चिवतन २ मा गत मंसिर ४ को निर्वाचनमा ६८ प्रतिशत अर्थात ८४ हजार १७ मत खसेको खसेको थियो ।
मतगणना उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा हुने भएको छ । मतगणना ७ स्थानमा गरेर चाँडै नजिता दिइने आचार्यको भनाइ छ ।











