Logo
Logo

गोरखापत्रका पत्रकारकै नक्कली सर्टिफिकेट,अख्तियारद्वारा मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ मंसिर ।
गोरखापत्र संस्थानका एक पत्रकारकै नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको छ । सातौं तहबाट राजिनामा दिएका उपसम्पादक बासुदेव पोखरेलले स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाई सेवा प्रवेश गरेका हुन्

उनले त्रिभुवन विश्वविद्यालयबाट बिए पास गरेको भन्दै प्रमाणपत्र पेश गरेका थिए । त्यसैका आधारमा भर्ना भई बढुवा समेत लिएका थिए । उनको नक्कली सर्टिफिकेटक भएको भन्दै उजुरी परेपछि आयोगले छानबिन थालेको थियो । पुष्टि भएपछि आयोगले सोमबार मुद्दा दायर गरेको हो । छानबिन सुरु भएपछि पोखरेलले राजिनामा दिएका थिए ।

साथै उनलाई सघाउने त्रिभुवन विश्वविद्यालयका तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख बैकुण्ठ प्रसाद थपलियाविरुद्ध समेत मुद्दा दायर भएको छ । थपलियाले नक्कली सर्टिफिकेटको गलत मनसायका साथ प्रमाणीकरण गरेको देखिएकोले उनीविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको हो । उक्त काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको देखिन आएकोले निज बैकुण्ठ प्रसाद थपलियालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्