Logo
Logo

बारा र चितवनको गणनास्थलमा तारजाली लगाएर मत गन्दै


1.6k
Shares

काठमाडौं। चितवन–२ र बारा–२ को मतगणना तारजाली भित्र गरिने भएको छ । मतदानको क्रममा बिबाद देखा परेका बारा–२ र चितवन–२ को मतगणनास्थलमा तारजाली भित्र गर्न लागिएको हो ।

आन्तरिक सुरक्षाका कारण देखाउँदै दुवै निर्वाचन कार्यालयले दुवै क्षेत्रको मतगणनास्थलमा तारजाली लगाएको छ । बाराको मतगणनास्थलमा बाँसले घेरेर तारजाली लगाइएको छ भने चितवनमा फलामे घेराबन्दी गरिएको छ ।

बारा–२ मा जनता समाजवादी पार्टी नेपालले धाँदली गर्न खोजेको आरोप जनमत पार्टीले लगाएको थियो भने चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उलङघन गरेको भन्दै नेपाली कांग्रेसले हिजो बस्ने भनिएको सर्वदलिय बैठक अस्विकार गरेको थियो ।

दुवै निर्वाचन क्षेत्रमा देखा परेको असामान्य स्थिति पछि मत गणनालाई सहज र व्यवस्थित बनाउन तारजाली लगाउनु परेको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्