Logo
Logo

सांग्रिला बैंकको संस्थापक सेयर बिक्रीमा



काठमडौं । सांग्रिला बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकका संस्थापकले १० हजार ७७३ कित्ता सेयर बेच्न निवेदन दिएका हुन् ।

सेयर खरिद गर्न विद्यमान संस्थापकलाई नै पहिलो प्राथमिकता दिइएको छ । इच्छुकले आगामी ३५ दिनमा निवेदन बुझाउन सक्नेछन् ।

के कति कित्ता कति मूल्यमा किन्ने व्यहोरासहित निवेदन दिन बैंकले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बैंकको संस्थापक सेयर पछिल्लो पटक १५७ रुपैयाँ प्रति कित्ताका दरले किनबेच भएको थियो ।

तोकिएको म्यादसम्म निवेदन नआए बैंकले सर्वसाधारण तथा कुनै पनि इच्छुक संस्थालाई सेयर बिक्री गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्