Logo
Logo

दुई कम्पनीको संस्थापक शेयर विक्रीमा



काठमाडौं । दुई कम्पनीले २४ हजार ३३८ कित्ता संस्थापक शेयर विक्रीका लागि सोमबार सूचना जारी गरेका छन् । गोर्खाज फाइनान्स लिमिटेडले १३ हजार ५६५ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकले १० हजार ७७३ कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेका हुन् ।

दुवै कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । सांग्रिला डेभलपमेन्ट बैंकको शेयर खरीदका कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र लागि केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

त्यस्तै, गोर्खाज फाइनान्सको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा दुवै कम्पनीको शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्