Logo
Logo

एक करोड अक्षयकोषको दिव्य गायत्री ट्रस्ट



काठमाडौं । रोयल फोटोबाट व्यवसायी सुरु गरी देशको प्रतिष्ठित व्यवसायी बनेका दिव्यमान श्रेष्ठले दिव्य गायत्री ट्रस्टमार्फत परोपकारका कार्यहरूलाई बढाएका छन् ।

उनले आफ्नो ७५औं जन्मदिनमा ट्रस्टको औपचारिक कार्य सुरुवातको घोषणा गरेका हुन् । ईश्वर दाइका नामले परिचित दिव्यपान ट्रेड लिंकका संस्थापक हुन् । जसको ५० वर्षको स्थापना दिवस गत शनिवार आयोजना भएको छ ।

दिव्य गायत्री ट्रस्टले हरेक वर्ष कम्तिमा १० लाख रुपैयाँ विपन्न आर्थिक अवस्थाका बालबालिकाको शिक्षाका अलावा विभिन्न सामाजिक कार्यमा लगानी गर्ने जानकारी दिए । श्रेष्ठले भने, ‘जीवनमा सेवा नै धर्म हो भन्ने भावनालाई अझ संस्थागत गर्न ट्रष्टको सुरुवात गरेको छु । धादिङमा ट्रष्टले परोपकारका कार्यहरू अगाडि बढाउन थालिसकेको छु ।’

ट्रस्टमा आवश्यकता अनुसार अक्षयकोष थप्दै जाने उद्देश्य समेत राखेका दिव्यमान श्रेष्ठले बताए ।

उनी संस्थापक रहेको ट्रेड लिंकले विदेशी लगानी भित्राउने, जलविद्युत आयोजना निर्माणलगायत बहुक्षेत्रमा काम गर्दै आएको छ । व्यवसायी श्रेष्ठ कठिनभन्दा कठिन कामलाई पूरा गरेरै छाड्ने व्यक्तित्वका रुपमा परिचित छन् । 

पूर्वमन्त्री शंकर कोइरालाले दिव्यमान कुनैपनि काममा मरिमेटेर मिहेनत गर्ने र परोपकारमा पनि उत्तिकै सक्रिय व्यक्ति भएका बताए ।

दिव्यमान विगतमा परोपकारी कार्यमा लागेकोमा पछिल्लो समय यसलाई संस्थागत बनाउन सफल भएका छन् । पूर्वन्यायाधीश हरिबहादुर बस्नेतले दिव्यमानमा धन र मन दुवै भएको बताए ।

दिव्यमानका बाल्यकालका मित्र पूर्वमन्त्री दिपकुमार उपाध्यायले दुनियाँको भलो चाहने भएकाले परोपकारको उद्देश्यले स्थापित ट्रस्टले काम सुरु गरेकोमा खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्