Logo
Logo

किरात राई समाज पोल्याण्ड गठन



काठमाडौं । युरोपेली मुलुक पोल्यान्डमा रहेका किरात राईहरू सङ्गठित भएका छन् ।  पोल्यान्डको राजधानी वार्सामा भेला भएर सुमनकुमार राईको संयोजकत्वमा २१ सदस्यीय किरात राई समाज पोल्याण्ड गठन गरेको हो ।

गोपाल राई संरक्षक रहेको समाजको सहसंयोजकमा विवशहाङ्ग राई र सचिवमा बुद्ध राई रहेका छन् । सदस्यहरूमा रचना राई, सपना राई, देवेन्द्र राई, मनिस राई, विवशहाङ्ग चाम्लिङ, निशान राई, सन्तोष राई, विशाल राई, नवीन चाम्लिङ, रेखा सुनुवार, विजय राई, रामकुमार चाम्लिङ, अन्जान राई, कृष्णकुमार राई, संगम राई, प्रकाश राई र रमित राई रहेका छन् ।
 
किरात राई समाज पोल्यान्डले मे महिनामा भेटघाट कार्यक्रम र उभौली मनाउने तयारी गरेको छ । सोही दिन गायक राजेश पायल राईलाई पोल्यान्डमा मुन्धुमी अभिनन्दन गर्ने तयारी भइरहेको संरक्षक गोपाल राईले बताए। 

अप्रिल ३० तारिख पोल्यान्डको राजधानी वार्सामा एनआरएन पोल्यान्डले गायक राजेश पायल राईको एकल साङ्गीतिक कार्यक्रम आयोजना गरेको छ।

प्रतिक्रिया दिनुहोस्