Logo
Logo

सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँ : नगरपालिका


- दृष्टि न्युज/संवाददाता


भक्तपुर, ४ मंसिर । नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा नलिई सोधपुछ मात्रै गरेको भक्तपुर नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले मंगलबार राति ७ बजे विज्ञप्ति जारी गर्दै भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित १०८ रोपनी नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाले उक्त जग्गाको दुरुपयोग भएको र अतिक्रमणसमेत भएकाले नगरपालिकालको बजेटले संरक्षण गर्न वरिपरि पर्खाल लगाएर ताल्चा मारेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल ट्रष्टको जग्गाको गेटमा नगरपालिकाले लगाएको ताल्चा फुटाएर फ्याँकेको सूचना प्राप्त भएपछि सोही ठाउँमा बसेका एक व्यक्तिलाई सोधपुछका लागि नगरपालिका ल्याएको र प्रहरी प्रशासनबाट ती व्यक्ति ट्रष्टबाट खटाइएको भन्ने जानकारी आएपछि फर्काइएको विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्