Logo
Logo

महावीर पुनको माग सरकारको एजेन्डा बन्नुपर्छ : खनाल


756
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले महावीर पुनको माग सत्ता गठबन्धनको एजेन्डा बन्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई ऐक्यवद्धता जनाउन माइतीघर पुगेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता समेत रहेका खनालले महावीर पुनका मागहरु गठबन्धनको बैठकमा एजेन्डा बन्नुपर्ने र टुंगो लगाउनुपर्ने बताए ।

देशका वैज्ञानिकहरूलाई एक घण्टा पनि आन्दोलनमा उत्रिनु नपर्ने परिस्थिति सरकारले निर्माण गर्न आवश्यक रहेको उनको भनाई छ ।

नेता खनालले आफू अहिले भुँइमान्छे रहेको भन्दै आफूले पुनको आन्दोलनमा पूर्ण ऐक्यवद्धता जनाएको बताए । महावीर पुनका मागहरु प्रधानमन्त्री एक्लैले समाधान गर्नसक्ने भन्दै प्रधानमन्त्रीले पहलकदमी लिन समेत उनले आग्रह गरे ।

देशमा वैज्ञानिक आविष्कारका कुरा र नवप्रवर्तनका कुरालाई अघि बढाउनुपर्ने आवश्यक्ता रहेको भन्दै उनले आगामी आर्थिक वर्षको बजेटमा आविष्कारको क्षेत्रमा सरकारले सक्नेजति बजेट छुट्याएर अघि बढ्न आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्