Logo
Logo

रोटरीको स्वास्थ्य शिविर


756
Shares

काठमाडौं । रोटरी क्लव अफ काठमाडौं वेस्ट र स्याटलाईट क्लव अफ काठमाडौं वेस्टको संयुक्त आयोजनामा टिस्टुङमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । टिस्टुङस्थित बज्रवाराही उच्च माध्यमिक विद्यालयमा गत शनिबार सञ्चालन भएको उक्त स्वास्थ्य शिविरमा विद्यालयका विद्यार्थीदेखि स्थानीय जेष्ठ नागरिकलगायत दुई सयभन्दा बढीले स्वाथ्य परीक्षण गरेका थिए ।

रोटरीयन डा. अनिल श्रेष्ठको संयोजकत्वमा सम्पन्न उक्त स्वाथ्य शिविरमा आँखा, नाक, कान घाँटी र हाडजोर्नी सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा अर्थोपेडिक अस्पताल जोरपाटी, मातृका आई केयर र शिक्षण अस्पताल महाराजगञ्जका १० जना चिकित्सकले सेवा प्रदान गरेका थिए ।

कार्यक्रमका संयोजक किरणकृष्ण जोशीका अनुसार हरेक वर्ष टिस्टुङमा रोटरी क्लवले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । रोटरीले बज्रवाराही समुदाय स्वास्थ्य चौकीमा अक्सिजन मेसिन, प्रसुति समबन्धी आधुनिक उपकरणहरु प्रदान गरेको पनि बताए । कार्यक्रममा क्लवका पूर्वअध्यक्ष मोहनध्वज जोशी, रमेश मिलन श्रेष्ठलगायत अन्य सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्