Logo
Logo

ओलीलाई राप्रपाको प्रश्न- ०६३ सालसम्म ओलीजीहरु पनि फटाहा हुनुहुन्थ्यो ?


756
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति राप्रपाले आपत्ति जनाएको छ । अध्यक्ष ओलीले राजतन्त्र मान्नेहरु स्वार्थी, फटाहा र बुद्धि नभएकाहरु भएको बताएका थिए । राप्रपाले ओलीको सोही अभिव्यक्तिको विरोध गरेको हो ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले ओलीको अभिव्यक्तिले राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुगेको बताए । सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठले भनेका छन्- ‘राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने गरि एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण छ । राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन् ।’ साथै उनले आफ्नो अभिव्यक्ति फिर्ता लिन ओलीलाई अनुरोध समेत गरेका छन् ।

ओलीलाई प्रश्न गर्दै भनेका छन्-‘सँगसँगै प्रश्न पनि गर्न चाहन्छु- ०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?’ नेकपा एमालेका अध्यक्ष ओलीले आइतबार पार्टी निकट अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै तीन किसिमका मानिस, स्वार्थी, फटाहा र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने बताएका थिए ।

यो पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्