
काठमाडौं । एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपालले उकृष्ट प्रर्दशन गरिरहेको छ । नेपालले यूएईविरुद्ध चौथो विकेट लिएका छन् ।
नेपालका ललित राजवंशीले रमिज शहजादलाई आउट गर्दै युएईको चौथो विकेट लिएका हुन । यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए । यससँगै यूएईले ३५ रनमा ४ विकेट गुमाइसकेको छ ।
कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिडन आईपुगेको हो ।
नेपाल हालसम्म यो प्रतियोगितामा ११ वटा खेलसम्म अपराजित रहेको छ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।











