Logo
Logo

रवि लामिछानेलाई दलको नेता बनाउने रास्वपाको निर्णय


1.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता डा. मुकुल ढकालका अनुसार लामिछानेलाई आजै बस्ने रास्वपा संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गर्नेछ ।

यसअघि रास्वपा संसदीय दलका नेता रहेका डीपी अर्यालले आइतबार जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्