Logo
Logo

वीरगन्जमा केपी ओलीको पुत्ला दहन


1.7k
Shares

काठमाडौं । राजवादीहरूले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

सोमबार राजवादीहरूले वीरगन्जको घण्टाघर चोकमा ओलीको पुत्ला दहन गर्दै ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।

ओलीको अभिव्यक्तिले राजसंस्थाको अपमान भएको भन्दै नेपाल राष्ट्रवाद संघको अगुवाइमा राजवादीहरूले ओलीको पुत्ला जलाएका हुन् ।

एमाले अध्यक्ष ओलीले पूर्व राजसंस्था र राजपरिवारका व्यक्तिहरूको संलग्नतामा आफूमाथि पूर्वका जिल्लामा आक्रमणको प्रयास भएको भन्दै स्वार्थी, फटाहा र बुद्धि नभएकाले राजतन्त्र मान्ने बताएका थिए ।

संघका केन्द्रीय अध्यक्ष जनकलाल साहका अनसार उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ओलीको पुतला दहन गरिएको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्