Logo
Logo

कान्ति अस्पतालका डाक्टर सुजन ढकाल पक्राउ


4.4k
Shares

काठमाडौं । कान्ति बाल अस्पतालका डाक्टर डा. सुजन ढकाल पक्राउ परेका छन् । अस्पतालका नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणबारे अनुसन्धानका क्रममा प्रहरीले ढकाललाई पक्राउ गरेको हो ।

अनुमाको शव आइतबार डा. ढकालको बालाजुस्थित कोठामा भेटिएको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले ढकाललाई आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्