Logo
Logo

पहिचानवादीले लखेट्दाको रिस पूर्वराजाको बुहारीमाथि


756
Shares

काठमाडौं । नेकपा एमालेभित्रको भाँडभैलोले पार्टीका नेता तथा कार्यकर्तामा व्यापक असन्तुष्टि चुलिएको छ । झापामा हुने केन्द्रीय कमिटीको बैठकमा नेतृत्वको चर्को आलोचना हुने बताइएको छ ।

‘मिसन ग्रासरुट’ अभियानमा कार्यकर्ताले नेताबाटै पार्टी बिग्रिएको भन्दै केन्द्रबाटै शुद्धीकरण गर्न सुझाव दिएका थिए । कार्यकर्ताले नेतृत्वको कार्यशैलीमाथि अनेकै प्रश्न उठाएका थिए ।

अभियानका सुझाव केन्द्रीय कमिटीमा राख्ने तयारी छ । जसका लागि एमालेले आगामी वैशाख २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीमै भएका नेता र कार्यकर्ता पार्टी हितका पक्षमा परिचालित हुन सकेका छैनन् ।

फलस्वरुप गत वैशाख १० को उपनिर्वाचनमा कतै पनि दोस्रो हुन नसकेर एमाले तेस्रोमा थन्किनुपरेको छ । त्यसमाथि संसदमा गरिरहेको भाँडभैलोको मूल्य पनि त्यसरी नै चुकाउनुपर्ने र त्यसले अन्ततः पार्टीलाई क्षति गर्ने कारण एमालेका नेता–कार्यकर्ताहरू निराश छन् ।

ज्ञानेन्द्रमाथि आरोप

ओलीका बोली र अडानहरू कतिसम्म फितलो भएका छन् भन्ने कुरा हालैको झापा घटनापछि पनि बुझ्न सकिन्छ ।

कोशी प्रदेश नामाकरणविरोधीहरूले उनी सहभागी भएको कार्यक्रममा गरेको विरोध तथा ढुंगामुढा पहिला माओवादी र समाजवादीका कार्यकर्ताबाट भएको उनको दाबी थियो । भोलिपल्टै पूर्वराजा ज्ञानेन्द्रका बुहारी हिमानीको नक्कली आइडीबाट सामाजिक सञ्जालमा प्रेषित एक सामाग्रीलाई लिएर ओलीले अघिल्लो दिनको बोली फेरे ।

उनी अहिले पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारविरुद्ध बोल्न थालेका छन् । उनले इलाममा आयोजित  कार्यक्रममा भने, ‘ज्ञानेन्द्र शाह, उनका परिवार, उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हान्या देखिन । अनि ट्विट गरीगरी जनताले केपी ओलीलाई ढुंगा हाने । मैले यसको जवाफ दिनु नपरोस्, ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर ।’

जबकि, ओलीको विरुद्ध राजावादी होइन, पहिचानवादीहरू सडकमा ओर्लिएका थिए । पहिचानवादीलाई राजावादीको आरोप लगाएर आन्दोलनको अपमान गर्ने काम ओलीले गरेका छन् । लामो समय झापामा बसेका पूर्वराजा ज्ञानेन्द्र पश्चिम नेपालको अभिनन्दनमा व्यस्त छन् । यस्तो बेला पूर्वराजामाथि आरोप थोपरेर आफु ‘हिरो’ बन्ने सस्तो लोकप्रियतामा ओली लागेको आरोप छ ।

ओलीको यी अभिव्यक्तिलाई लिएर एमाले नेताहरू नै रुष्ट छन् । गत निर्वाचनमा राजावादी राप्रपासँग सहकार्य गर्नुपर्ने अवस्थामा पुगेको ओलीका निम्ति माओवादी र एकीकृत समाजवादीसँग कुनै न कुनै किसिमले निकटता वा सहकार्य राख्नु फलदायी हुन्छ भन्ने कुरा बिर्सिएर झापामा भएको होहल्लामा उनीहरूलाई दोष लगाए ।

कोशी सरकार धरापमा

झापापछि इलाम पुगेर त्यो काम पूर्वराजाका मान्छेहरूले गरेको संकेत गर्दै राप्रपासँग चलिरहेको तालमेल पनि बिगार्ने काम ओलीले गरे । उनको यो भनाइको असर अब कोशी प्रदेशमा पर्ने भएको छ । त्यसै त कोशी प्रदेशको नामाकरणको अवजस एमालेको थाप्लोमा परिसकेको छ ।

एमाले ‘पहिचान विरोधी पार्टी हो’ भन्ने कुरालाई बल पुग्ने गरी ओलीले प्रदेश नामाकरणको वचाउ गरेका छन् । यो आन्दोलनकारीहरू माथिको अपमान हो । त्यसमाथि आक्रमणको दोष पूर्वराजातिर थोपर्दा उक्त प्रदेशमा राप्रपाकै भरमा टिकेको एमाले नेतृत्वको सरकारसमेत समस्यामा परेको छ ।

प्रतिक्रिया दिनुहोस्