
काठमाडौं । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बैशाख १९ गते मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालय बुटवलका सचिव प्रह्लाद पोखरेलले एक विज्ञप्ति जारी गरी गर्दै प्रदेश प्रमुखले हिउँदे अधिवेशन अन्त्य गरेको जानकारी गराएका छन् । यसअघि मंगलबारै दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएका थिए ।











