Logo
Logo

सत्ता गठबन्धनकाे बैठक बस्दै, यस्ता छन् एजेण्डा


2.3k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम, बजेट र सरकारलाई पूर्णता दिने लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

पछिल्लो पटक प्रधानमन्त्री प्रचण्डले रास्वपालाई साविककै मन्त्रालय दिएर सरकारमा ल्याउन पहल गरिरहेका छन् । आजको बैठकमा यस विषयमा पनि छलफल हुनेछ । त्यस्तै प्रधानमन्त्री ‘प्रचण्ड’ले आठ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि अझै सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

कांग्रेसले आफ्नो भागमा परेका तीन मन्त्री अझै पठाएको छैन भने जसपाले पनि एक जनाको नाम दिन बाँकी छ । त्यस्तै आर्थिक वर्षका लागि सरकारले जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । आजको बैठकमा यीनै विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्