Logo
Logo

भारी हिमपातका कारण बेपत्ताको खोजीमा कठिनाइ


630
Shares

काठमाडौं । दार्चुलाको ब्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा मंगलबार गएको हिमपहिरोमा परि बेपत्ता भएकाको खाजीमा कठिनाइ भइरहेको छ । मंगलबार दिउँसो गएको हिमपहिरोमा परि यार्सागुम्बा टिप्न गएका स्थानीय सम्पर्क बिहीन भएका थिए ।

हिमपहिरोमा परेका १२ जना मध्ये ७ जनाको मंगलबार उद्धार गरिएपनि ५ जना अझै अज्ञाथ छन् । बेपत्ता हुनेमा ४ महिला र एकजना पुरुष छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यसरी बेपत्ता हुनेमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, क्षिभी सोमो थापा, ईश्वरी थापा तथा दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर, सुर्मा–१ देवडीकी झल्लादेवी बोहोरा रहेका छन् ।

उक्त क्षेत्रमा भारी वर्षा र हिमपातका कारण उनीहरुको खोजी हुन सकेको छैन । बिहानै उद्धारटोली खोजी गर्न निस्किएपनि हिमपातका कारण कठिनाइ भइरहेको जनाइएकाे छ ।

हिजो साँझ छाङरु फर्किएका सुरक्षाकर्मीहरु आज घटनास्थलतर्फ जान सकेका छैनन्। छाङरुको गाँगाबगरस्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्म र सीतापुलमा रहेको नेपाल प्रहरीको टोली भारी हिमपातका कारण अहिलेसम्म घटनास्थल जान नसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

छाङरु गाउँको पूर्व दुई–अढाई घण्टाको पैदल दूरीमा रहेको भोलुम डाँडामा ५ फीट भन्दा बढी हिउ जमेको छ।हिमपहिरोले यार्सा संकलक बसिरहेका टेन्टहरु पुरेको थियो । पुरिएकामध्ये ७ जनाको सुरक्षाकर्मीले हिजै उद्धार गरी छाङरु ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्