Logo
Logo

सुनको भाउ १ हजार ८ सय रुपैयाँले बढ्यो, तोलाको कति ?


1.3k
Shares

काठमाडौं । नेपाली बजारमा आज पहेलो धातु सुनको भाउ बढेको छ । सुनको भाउ बुधबार एकैदिन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोलामा १ हजार ८ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्