Logo
Logo

प्रचण्डसँग माधव नेपाल असन्तुष्ट


4.7k
Shares

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादी र गठबन्धनले एकीकृत समाजवादीलाई कर्णालीमा बाइपास गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै नेता नेपालले एकीकृत समाजवादीलाई बेवास्ता गरेर एकलौटी रुपमा सरकार चलाउने व्यवहार आफूहरुलाई स्वीकार्य नभएको चेतावनी दिए ।

उनले भने, ‘कर्णालीमा एकलौटी सरकार चलाउन खोजेर माओवादीले हामीलाई बाइपास गर्न खोज्यो । प्र्रचण्डजीलाई भन्न चाहान्छु, हामीलाई पीडा दिने खालको व्यवहार स्वीकार्य हुँदैछ । यस्तो व्यवहारले गठबन्धन धरापमा पर्न सक्छ ।’

अध्यक्ष नेपालका अनुसार खासगरी कर्णालीमा माओवादीले एकीकृत समाजवादीलाई पूरै बेवास्ता गरेको छ । कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको भन्दै उनले एकीकृत समाजवादीलाई बाइपास गर्ने र दम्भ र घमण्ड देखाए गठबन्धन धरापमा पर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्