Logo
Logo

क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय


819
Shares

काठमाडौं । सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले मंगलबार नेपालमा सम्पन्न एसीसी प्रिमियर कपमा युएईलाई हराउदै एसीया कपका लागि छनोट भएका क्रिकेट टिम र प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले क्रिकेट खेलाडीबाहेकका अफिसियललाई जनही ३ लाख दिएर प्रोत्साहन गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विषेश प्राथमिकतामा राख्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्