काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार नेपाली कांग्रेसका तीन जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् । यससँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूर्णता पाएको छ । प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।












