Logo
Logo

प्रहरीमा बढुवाको ढोका खुल्यो



काठमाडौं । अन्ततः लामो प्रयासपछि सरकारले प्रहरी नियमावली संशोधन गरेको छ । एसपीबाट एसएसपीमा बढुवा हुन चाहिने चार वर्षे पदावधिको प्रावधानलाई आइतबारको मन्त्रिपरिषद् बैठकले हटाएको हो ।
हाल चार वर्ष पुगेका एसएसपी कोही पनि नभएपछि नियमावली संशोधन गरिएको हो । हाल डीआईजीको एक, एसएसपीको १६, एसपीको २९ र डिएसपीका ६५ पद रिक्त छन् ।
डीआईजीको रिक्त पदमा एसएसपी घनश्याम अर्यालको बढुवा हुने सम्भावना छ । यद्यपि, गणेश ऐर, पुरुषोत्तम कँडेल, वीरेन्द्र श्रेष्ठ लगायत पनि प्रतिस्पर्धामा छन् ।
खास प्रतिस्पर्धा एसएसपी बढुवामा छ । अहिले पहिलो नम्बरमा एसएसपीमा बढुवा हुने पछि आईजीपीको प्रमुख दाबेदार हुने भएकाले प्रतिस्पर्धा चलिरहेको छ । अहिले पहिलो नम्बरमा श्यामलाल ज्ञवाली छन् । दोस्रो नम्बरमा रहेका सन्दीप भण्डारी पहिलो नम्बरमा बढुवा हुन दौडधुपमा लागेका छन् । एसएसपीका १६ पदमा २९ एसपी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्