Logo
Logo

दक्षिण कोरियामा मनाइयो बुद्ध जयन्ती


डम्बर सुब्बा


सिओेल । दक्षिण कोरियाको राजधानी सिओलदेखि अन्दाजी २ सय किमिको दुरीमा रहेको अन्र्तर्राष्ट्रिय शहरको रुपमा परिचित आनसानमा नेपालीले हातमा नेपाली झण्डा बोकेर गौतम बुद्धको जन्मस्थल नेपाल हो भन्ने बुद्धको प्रतिमासहित शहर परिक्रमा गरेर २०६७औँ बुद्ध जयन्ती बनाइएको छ ।

नेपाली दूतावास दक्षिण कोरिया, नेपाल आदीवासी जनजाति महासंघ दक्षिण कोरिया र एनआरएन खयङ्गगी ईन्छन द.कोरियाको संयुक्त आयोजकत्वमा आयोजित कार्यक्रममा भगवान गौतम बुद्ध र बुद्धभूमि नेपाललाई विश्वमा पहिचान गराउँदै विश्व शान्ति कायम होस् भन्ने हेतुले नेपाली मौलिक झाँकीसहित बुद्ध जयन्ती मनाइएको हो ।

कोरियामा नेपाली दूतावास स्थापना हुनुअघिसम्म कोरियाको माध्यमिक विद्यालयको पाठयपुस्तकमा भगवान गौतम बुद्धको जन्म भारतमा भएको भनेर विद्यार्थीलाई पढाइने गरिन्थ्यो । एनआरएन कोरिया र कोरियाका लागि पहिलो नेपाली राजदूत कमलप्रसाद कोईरालाको अथक प्रयासपछि यहाँ माध्यमिक विद्यालयमा पढाइने पाठयपुस्तकमा भगवान गौतम बुद्धको जन्म नेपालमा हो भन्ने सच्चाउन सफल भएको थियो ।

कोरियाको राष्ट्रिय तथ्यांक विभागका अनुसार कोरियाली बौद्ध धर्मवालम्बीको संख्या १०.५८ मिलियन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्