काठमाडौं । पूर्वसांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । शेर्पाले टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले वयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
शेर्पा रामेछापबाट २०७० सालमा सभासद निर्वाचित भएका थिए । उनी शरणार्थी प्रकरणमा पक्राउ पर्ने १४ औं व्यक्ति बनेका छन् ।
यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको उनीमाथि आरोप छ।














