Logo
Logo

रोमानिया पठाइदिने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ


630
Shares

काठमाडौं । प्रहरीले रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोमानिया पठाइदिन्छु भनी १८ लाख ठगी गर्ने बागलुङ घर भई हाल काठमाडौंको टोखा बस्ने ३४ वर्षीय विशाल विश्वकर्मालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

विभिन्न व्यक्तिसँग रकम ठगी गरेको उजुरीको आधारमा विश्वकर्मालाई काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकृत रवीन्द्र रेग्मीले जानकारी दिए ।

विश्वकर्माले आठ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै पीडितबाट प्रतिव्यक्ति पाँच लाख ५० हजारका दरले रकम उठाएर सम्पर्कविहीन भएका थिए । उनलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्