Logo
Logo

लुम्बिनीमा अर्थमन्त्री बने धनबहादुर


2.2k
Shares

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मा धनबहादुर मास्कीलाई दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) का तर्फबाट गत वैशाख १४ गते बिनाबिभागीय मन्त्री नियुक्त भएका मास्कीलाई आइतबार मुख्यमन्त्री चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चार जनाको मन्त्रिपरिषद् बनेको छ । जसमा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादीका सन्तोष पाण्डे बिना विभागीय मन्त्री छन् । उनीहरूले कुनै जिम्मेवारी पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्