
काठमाडौं । ललितपुर महानगरपालिकाले घरको गेट सडकतिर फर्काएर नखोल्न निर्देशन दिएको छ ।
सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले घरको गेट सार्वजनिक जग्गासमेत अतिक्रमण गरी सडकतर्फ खोल्ने गरेको पाइएको भन्दै त्यसो नगर्न निर्देशन दिएको हो ।
महानगरपालिकाले सडकतर्फ गेट खोल्दा सर्वसाधारणलाई हिंड्न अवरोध हुने भएकोले ३५ दिनभित्र सुधार गर्न भनेको हो ।
तोकिएका समयभित्र पनि यसरी गेट खोलेको पाइएमा कानुनी कारबाही हुने चेतावनीसमेत महानगरपालिकाले दिएको छ ।














