Logo
Logo
सत्ता गठबन्धन बैठक

सरकारको नीति तथा कार्यक्रमका विषयमा प्रधानमन्त्रीले मागे दलका नेताहरुसँग सुझाव


819
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको १० दलको बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमका विषयमा छलफल भएको छ । सिंहदरबारमा आज बसेको बैठकपछि नेकपा (माओवादी केन्द्र) का सचेतक हितराज पाण्डेले नीति तथा कार्यक्रमाथि छलफल केन्द्रित रहेको बताए ।

उनले नीति तथा कार्यक्रमलाई कसरी अघि बढाउने र त्यसमा के विषय फोकस गर्ने भएको कारणले नेताहरूले त्यतैतिर केन्द्रित गरेको बताए ।

बैठकमा नीति तथा कार्यक्रम कृषि र पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने खालको हुनुपर्ने सुझाव दिइएको छ ।

‘सबैले कसरी अघि बढ्नुपर्छ भन्ने सुझाव दियौ । कार्यक्रम कस्तो सोचका साथ अघि बढेको छ भन्ने कुरा ब्रिफिङ भयो । कृषि र पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने, जनशक्ति पलायन कसरी रोक्ने र शैक्षिक क्षेत्रमा विध्यार्थी पलायन कसरी रोक्ने भन्ने विषयमा छलफल भयो’, उनले भने । सरकारले नीति तथा कार्यक्रमय यही जेठ ५ गते प्रस्तुत गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्