Logo
Logo

इन्टर मिलान १३ बर्षपछि युईएफए च्याम्पियन्सको फाइनलमा


567
Shares

काठमाडौं । इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

सानसिरोमा मंगलबार राति भएको खेलमा एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा पनि पराजित गरेपछि इन्टर समग्रमा ३–० को नतिजाका साथ फाइनलमा स्थान बनाएको हो ।

यस बिजयसँगै इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको छ । यसअघिको पहिलो लेगमा २–० ले विजयी इन्टर दोस्रो लेगमा १–० ले विजयी हुन पुगेपछि समग्रमा ३–० को जीत निकाल्न मिलान सफल भएको हो ।

अब इन्टरले लिगको उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटी मध्येको विजेता टोलीसँग खेल्ने छ ।
 

प्रतिक्रिया दिनुहोस्