
काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोलामा ११ सय रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोलामा एक सय रुपैयाँको बढेर प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कारोबार भएको छापावल सुन आज बुधबार बढेको मुल्यसहित एक लाख १० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजावी सुन आज एक लाख ९ हजार पाँच सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तीन दिनदेखि स्थिर रहेको चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ। मंगलबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको थियो।











